काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गरेका छन् ।
शिक्षा मन्त्रालयमा दुई मन्त्रीबिच आज भएको भेटमा संखुवासभाभित्रका सामुदायिक विद्यालयमा पूर्वाधार तथा विकास निर्माण परियोजनालाई अगाडि बढाउनेबारे छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री खड्काले लक्ष्मी आधारभूत विद्यालय खाँदबारीको भवन निर्माणका लागि रु ५० लाख, शारदा माध्यामिक विद्यालय चैनपुरको शौचालय निर्माणका लागि रु ५० लाख, सरस्वती माध्यामिक विद्यालय चैनपुरको नयाँ भवन निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिदिन शिक्षामन्त्रीसमक्ष आग्रह गरे ।
यस्तै, अमरुवा माध्यामिक विद्यालय आँखिभुईको पर्खाल तथा भवन निर्माणका लागि रु १ करोड, मनकामना रत्न अम्बिका माध्यामिक विद्यालय तुम्लिङटारको चमेनागृह निर्माणका लागि रु १ करोड वजेट विनियोजन गरिदिन आग्रह गरेका थिए।
भेटमा शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि वर्तमान सरकार लागिरहेको भन्दै त्यहाँ भएका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्