जेन जेड अभियान प्रति युरोपमा रहेकी गायिका रचना रिमालको समर्थन


काठमाडाैँ । युरोप साङ्गितिक यात्रामा रहेकी लोकप्रिय गायिका रचना रिमालले जेन जेड महाअभियानप्रति आफ्नो समर्थन व्यक्त गरेकी छिन् । हाल फिनल्यान्डमा रहेकी रिमालले सामाजिक सञ्जालमार्फत अभियानमा प्रत्यक्ष सहभागी हुन नसके पनि आफ्नो मन नेपालमै रहेको बताएकी छन् ।

“भोलिको जेन जेड को महाअभियानमा काधमा राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय गित गाउँदै युवाहरुको स्वतन्त्रता, अधिकार र भ्रष्टाचार विरोधी महाअभियानमा सहभागी हुन मन छ । तर अहिल्यै नेपाल पुगौँ भएको छ, म अहिले फिनल्यान्डमा छु । भोलि मात्रै नेपाल फर्कदै छु । साथिहरु, भोलिको अभियानमा प्रत्यक्ष सहभागी हुन सकिन तर मेरो मन त्यतै छ । भोलि पछिका अन्य अभियानमा मेरो सक्रिय सहभागिता रहनेछ । जय नेपाल,”फेसबुकमा उनले लेखेकी छन् ।

देशमै नभए पनि आफ्नो समर्थन अभियानसँगै रहेको स्पष्ट गर्दै उनले भावी कार्यक्रमहरूमा सक्रिय सहभागिता रहने प्रतिवद्धता जनाएकी छन् ।