सामाजिक सञ्जाल रोक गलत भन्दै प्रचण्डद्वारा युवाको आन्दोलनलाई समर्थन


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको रोकप्रति असन्तुष्टि जनाएका छन्। उनले सरकारको यो कदम गलत रहेको भन्दै युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक भएको टिप्पणी गरेका छन्।

“सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,”फेसबुकमार्फत् अभिव्यक्ति सार्वजनिक गर्दै प्रचण्डले भनेका छन् ।

उनले प्रदर्शनलाई दबाउन सरकारले बल प्रयोग गर्ने धृष्टता नगर्न चेतावनी दिएका छन्। साथै उनले भ्रष्टाचारविरुद्धको आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारेका छन्।