नेपालको विश्वव्यापी आईटी प्रतिस्पर्धात्मकता जोगाउन नास-आईटीको आग्रह


काठमाडाैँ । नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी हालैको निर्देशिकामार्फत सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्ने निरन्तर प्रयास गरेको भएतापनि, केहि प्ल्याटफर्महरुलााइ पूर्ण रुपमा प्रतिबन्ध लगाउने कदमले सिँगो आईटी क्षेत्रलाई पारेको प्रत्यक्ष असर प्रति नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (आईटी) को ध्यानाकर्षण भएको जनाएकाे छ।

यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीलाई हदैसम्म अबरोध गर्दै, ग्राहकहरूसँगको संचारलाई पूर्णरूपमा अबरुद्ध पारि परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र ब्यापार  व्यवसायलाई नै ठुलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको उल्लेख गरेकाे छ।

विश्व बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेषणं कायम राख्नका लागि समेत यस्ता सन्चार माध्यमको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई संबन्धित निकायसँग दिर्घकालिन समाधानका उपाय खोज्न नेपाल सरकारसंग नास-आईटीले अनुराेध गरेकाे छ ।

नास-आईटी नेपाल सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने उद्धय्श्य प्रति सकारात्मक छ र सेवालाई पुर्ण रुपमा अबरु्द्ध नगरि खोजिने उपायहरुको स्वागत गर्न तत्पर छ।