प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र जेनजीको प्रवेश, नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू


काठमाडौँ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ भने काठमाडाैं जिल्ला प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएकाे छ ।