संसदीय सुनुवाई समिति सभापति खतिवडाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडाैँ । संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित भएका थिए ।

संसदीय समिति सभापति ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेसँगै संसदीय सुनुवाई समिति सभापतिको पद रिक्त थियो । रिक्त पदमा नेपाली काँग्रेसबाट खतिवडाको मात्रै उम्मेदवारी परेपछि खतिवडा संसदीय सुनुवाई समितिको सभापति निर्वाचित भएका थिए । सभापतिमा निर्वाचित खतिवडाले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।