रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।

४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।

आज काठमाडौँमा जेनजी युवाहरूले गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको रास्वपाले जनाएको छ ।