काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कार्फ्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।
सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह सार्व एक बजेका लागि सारिएको हो । जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु जारी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्