काठमाडौँ । ‘जेन–जी आन्दोलन’ हिंसात्मक रूप लिन थालेपछि बानेश्वर क्षेत्रमा तनाव झन् बढेको छ । सोमबार दिउँसो प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि वातावरण आक्रामक बनेको छ ।
त्यसक्रममा घाइते भएका २० जनालाई ट्रमा सेन्टर पुर्याइएको छ । ट्रमा सेन्टर प्रशासनका अनुसार ती सबैको स्वास्थ्य परीक्षणसँगै उपचार भइरहेको छ । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ ।
यस्तै, अन्य दर्जनौं घाइतेलाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार घाइतेको यकिन संख्या भने खुल्न सकेको छैन ।
सरकारले दिउँसोदेखि नै कर्फ्यू आदेश जारी गरेको भए पनि त्यसको प्रभाव न्यून देखिएको छ । प्रदर्शनकारी ठूलो संख्यामा सडकमा निस्किएका छन् र बारम्बार सुरक्षाकर्मीहरूसँग झडप भइरहेका छन् । संसद भवन परिसरमा आगजनी प्रयास रोक्ने क्रममा प्रहरीले अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा प्रयोग गरिरहेको छ ।
एक जनाको मृत्यु र सयौंको सहभागितासँगै आन्दोलन थप आक्रोशित बनेको छ । कर्फ्यू बीचै सडकमा नारा गुञ्जिँदा वातावरण तनावपूर्ण बनेको छ भने घाइतेहरूको संख्या बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्