पोखरामा अनिश्चितकालीन निषेधाज्ञा लागू


काठमाडाैँ । कास्की जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिकाको चार किल्लाभित्र मंगलबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति–सुरक्षामा खलल पुग्ने सम्भावना देखिएको भन्दै आदेश जारी गरेकी हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जारी गरिएको आदेशअनुसार पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न प्रतिबन्ध लगाइएको छ।

यस अवधिमा आदेश उल्लंघन गर्ने वा कार्यान्वयनमा अवरोध गर्ने जो कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले स्पष्ट गरेको छ।

निषेधाज्ञा वाईचोकदेखि फिस्टेल गेटसम्म, मालपोत कार्यालय कास्की क्षेत्रदेखि राष्ट्रबैंक चोक तथा पर्यटन बोर्ड कार्यालय अगाडिसम्म लागू हुने प्रशासनले जनाएको छ।