काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार राताम्यै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेकाअनुसार सोमबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ६८ लाख ५७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२८ प्रतिशतले घटेको छ ।
कुल ३२० कम्पनीको एक करोड १७ लाख १४ हजार ५४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्