सांसद श्रेष्ठले भनिन्ः नेपाली मारेर शासन गर्ने सरकारलाई धिक्कार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल बन्द र भ्रष्ट्राचारविरुद्धको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छिन् ।

“नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने सरकारलाई धिक्कार छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । प्रधानमन्त्री, तपाईंले आफ्नो वैधता गुमाइसक्नुभएको छ, तत्काल राजीनामा दिनुपर्छ,”उनले एक्समा लेखेकी छन् ।

सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको प्रदर्शनमा काठमाडौँसहित उपत्यकाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ ।

हालसम्म उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।