काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनमा सरकारको कार्य प्रणालीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा मागेको छ।
‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादी केन्द्रका नेताहरूका अनुसार, जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीप्रति गरेको व्यवहार अनुचित र अत्यधिक दमनकारी भएको छ। स्थिति सम्हाल्नका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा नेताहरू सहमत छन्।
जेनजी आन्दोलनमा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ। घटनापछि अभियानमा सहभागी माओवादी नेताहरू, जसमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्ष र महासचिव स्वयं रहेका थिए, अभियान स्थगित गरेर काठमाडौँ फर्किँदैछन् ।
माओवादी नेता माधव सापकोटाका अनुसार सरकारले ताकी–ताकी गोली चलाएको छ। यो हत्या होइन, नरसंहार नै भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्