कसले सिकायो जेनजीलाई ‘मिडमार्केसन क्रस’ हुने गरेर संसद भवनभित्र छिर्न ?


काठमाडौँ । सरकारले नेपालमा सूचिकरण नगरिएको भन्दै फेस्बुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो ।

सरकारले नियमनका लागि सूचिकरणको सूचना जारी गर्‍यो र बन्द गर्‍यो । सामाजिक सञ्जाल बन्दपछि भ्रष्टाचारको विरोधको नाममा जेनजी पुस्ता विभिन्न सामाजिक सञ्जालको माध्यमबाट एकजुट भए ।

आन्दोलनको क्षेत्र तोकिएको थियो काठमाडौँ माइतिघर मण्डला । सामान्यतया प्रर्दशनहरू माइतिघर मण्डलाबाट सुरू हुने र बानेश्वरको निषेधित क्षेत्रसम्म पुगेर कोण सभामा परिणत भएर सकिन्छन् ।

सामाजिक सञ्जाल बन्दको केही पृष्ठभूमि छ । यसमा सर्वोच्च अदालतले नै नियमन गर्ने भनेको थियो । आन्दोलन हुने क्षेत्र सर्वोच्च अदालत नजिकै छ । कार्यान्वयन गर्ने निकाय संघीय सरकारको सचिवालय सिंहदरबार पनि नजिकै । यद्यपी आन्दोलन सहजताका हिसाबले बानेश्वरतिर मोडियो ।

बैचारिक आन्दोलन र संघर्षबाट आएको नेतृत्व अहिले नेपालको राजनीतिको मियोको रुपमा छ । जेनजीलाई राजनैतिक, बैचारिक र नेतृत्वदायी क्षमता भएको पुस्ता अहिलेको राजनीतिक नेतृत्व पुस्ताले मान्दैन ।

विद्यालयबाट उत्पादन हुने नेतृत्व, क्याम्पसहरूबाट उत्पादन हुने नेतृत्वको आधार विस्तारै कमजोर बन्दै गएको छ । त्यसैले अहिलेको पुस्तालाई समाजिक सञ्जालमा मात्रै रमाउने पुस्ता भनेर टिप्पणी हुने गरेको छ । सायद यही आधारमा हुन्छ सरकारको सुरक्षा चुस्तता समेत देखिएन ।

एभरेष्ट होटेल नजिकै निषेधित क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई धेरै बेर थाम्न सकेन र भीड वानेश्वरस्थित संसद भवनको गेटतर्फ गयो ।

आजको आन्दोलनको नेतृत्व कसैको देखिदैन । सरकारी संरचना देखेपछि भिड उत्तेजित भएर आक्रमण गर्नु स्वाभाविक हो । सामाजिक सञ्जाल बन्द गरेको झोकमा सडकमा उत्रिएको पुस्ताले न्यायापालिका र कार्यपालिकातिर नजर नलगाएर सिधै व्यवस्थापिकामा नजर लगायो ।

निषेधित क्षेत्रसम्म संयमता अपनाएका सुरक्षाकर्मीले प्रर्दशनकारी संसद भवनभित्र छिर्ने प्रयास गरेपछि बल प्रयोग गरेका थिए । अध्याधिक मानवीय क्षति पनि संसद भवन वरीपरी नै देखिन्छ । अर्थात प्रर्दशनकारीले ‘डिमार्केसन क्रस’ गर्न थालेपछि बल प्रयोग भएको थियो । पूर्वउच्च सुरक्षा अधिकारीका अनुसार प्रर्दशनकारीलाई संसद भवनभित्र प्रवेश गर्न दिनु सम्भव थिएन ।

उनका व्यवसायिक हिसाबले यो विन्दुमा बल प्रयोग गर्न दिनु स्वाभिाविक थियो । उनले भने,“ प्रर्दशनकारीलाई संसदभित्र छिर्न दिनु गम्भीर गल्ती हुन्थ्यो, राजनीतिक रूपमा गलत सन्देश जाने अवस्था थियो र यहाँ बल प्रयोग हुनु स्वाभाविक देखिन्छ । ”

अहिलेको पुस्ताले संसद भवन किन ताक्यो भन्ने समेत विभिन्न कोणबाट प्रश्न उठेका छन् । संसद यो व्यवस्थाको मुख्य आधार हो । संसदमाथि निशाना लगाउनु अहिलेको पुस्ता यो व्यवस्थाको विरोधको सङ्केत हुन सक्ने केही विज्ञको टिप्पणी छ ।

आन्दोलनकारी जहाँ सहज छ त्यहाँ प्रवेश गर्नु स्वाभाविक हो तर यो पुस्ताले संसद कब्जा गर्ने शैलीमा किन गयो भन्ने प्रश्न समेत उठेको छ ।