कांग्रेस नेता पाेखरले मागे गृहमन्त्रीको राजीनामा


काठमाडाैँ । जेन–जीको विरोध प्रदर्शनमा भएको प्रहरी दमनका कारण १७ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि नेपाली कांग्रेसका नेता–कार्यकर्ताले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा मागेका छन् ।

केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमा लेख्दै मन्त्री लेखक मृत्युप्रति उत्तरदायी भएकाले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।

नेविसंघकी पूर्व नेता एलिजा ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको गृहमन्त्रीलाई तानाशाहीको संज्ञा दिँदै कांग्रेस सरकारबाट बाहिरिनुपर्ने बताइन् ।

व्रितान्त खनाल र धर्मराज शाहीले पनि सरकारलाई अपराधीको संज्ञा दिँदै आन्दोलनको समर्थन जनाएका छन् । कांग्रेसका नेताहरू अब आन्दोलनको मैदानमा पूर्ण ऐक्यबद्धतासाथ उत्रिने बताएका छन् ।