जेनजी आन्दोलनको एक दिनमै दोस्रो जनआन्दोलनको १९ दिनभन्दा बढी मानवीय क्षति


काठमाडाैँ । जेनजी आन्दोलनमा एकै दिनको मानवीय क्षति १९ दिनको जनआन्दोलनको भन्दा बढी भएको छ ।

नेपालमा लोकतन्त्रका लागि भएको दाेस्राे जनआन्दाेलनमा देशभर १९ दिनभित्र १८ जनाको मृत्यु भएको थियो । सरकारले पछि समग्र गरेर २५ जनालाई दोस्रो जनआन्दोलनको शहीद घोषणा गरेको थियो ।

झण्डै २० वर्षपछि भएको जेनजी आन्दोलनमा काठमाडौँ १६ र इटहरीमा २ गरी १८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने आँकलन छ ।

सामाजिक सञ्जाल बन्द भएपछि जेनजी पुस्ता आज सडकमा उत्रिएको थियो । आन्दोलन देशभरी फैलिएको थियो । आन्दोलनका क्रममा बेलुकी ६ बजेसम्म १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

घाइतेको एकीन हुन सकेको छैन । सबैभन्दा धेरै काठमाडौँमा १६ जनाको मृत्यु भएको छ । २०६२६३ का क्रममा राजतन्त्र थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरङ्कुशता विरुद्ध भन्दै भएको आन्दोलनमा १९ दिनमा १८ जनाले ज्यान गुमाएका थिए । जनआन्दोलनपछि प्रतिनिधि सभा पुनस्र्थापित भएको थियो र मुलुक गणतन्त्रको बाटोमा गएको थियो ।

आज भएको जेनजीको आन्दोलनमा भने एकै दिनमा १८ जनाकोको मृत्यु भएको छ ।