बानेश्वरमा फेरि भेला हुन थाले जेनजी प्रदर्शनकारी


काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर सडक क्षेत्रमा जेनजी प्रदर्शनकारी फेरि भेला हुन थालेका छन्। सेनाले नियन्त्रणमा लिएको भनिएको त्यस क्षेत्रमा प्रदर्शनकारीहरू फेरि भेला भएर प्रदर्शन गर्न लागेको घटनास्थलबाट टक्सारकर्मी अम्बिका शर्माले जानकारी दिइन् ।

बानेश्वरमा रहेको संसद् भवनमा जेन जीहरू तोडफोड गर्दै छिरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर हालसम्म १८ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

त्यस क्षेत्रमा प्रशासनले कर्फ्यु पनि जारी गरेको छ। कर्फ्यु आदेश जारी भएपछि प्रदर्शन राेकिएकाे छैन्। बिहान माइतीघरदेखि सुरू भएको शान्तिपूर्वक सुरु भएको जेनजीको प्रदर्शन बानेश्वर पुगेपछि हिंसात्मक बनेको थियो।