काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंस दमनपछि राजीनामा दिन गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब बढेको थियो।
आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्