काठमाडौँ । जेनजीहरूले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घटनाको पूर्ण छानबिनका लागि समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार, छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश (टिओआर) दिइएको छ । समितिले मृतक, घाइते, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका घटनाक्रमबारे विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिने बताइएको छ ।
सोमबार भएको प्रदर्शनमा हालसम्म १९ जनाले ज्यान गुमाएका छन् भने ३ सय ४० भन्दा बढी घाइते उपचाररत छन् । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक रुप लिन पुग्दा उपत्यका र देशका विभिन्न ठाउँमा तनाव सिर्जना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्