प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै मेयर शाहाले भने: तेरो भरौटेहरूको पो बा भइस्, आतङ्कवादी होस्


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहाले सोमबार सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेन–जी पुस्ताले गरेको प्रदर्शनमा भएको सरकारी दमनलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘भरौटाहरूको बा’ भएको संज्ञा दिएका छन्।

“तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा–छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्,”शाहाले फेसबुकमा लेखेका छन् ।

सोमबारको प्रदर्शनमा भएको झडपका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय ४७ जना घाइते भएका छन्।

मेयर शाहाको अभिव्यक्ति सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। उनका शब्दहरूले नागरिक समाजदेखि राजनीतिक वृत्तसम्म बहस र विवादलाई अझ चर्काएको देखिन्छ।