काठमाडौँ । सोमबार काठमाडौँमा भएको जेन–जीको प्रदर्शनका क्रममा घाइते भएका धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख डा. बद्री रिजालले जानकारी दिएका छन् ।
डा. रिजालका अनुसार ११ मध्ये पाँच जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने ३० जनाभन्दा बढीको शल्यक्रिया (सर्जरी) गर्ने तयारी भइरहेको छ। अस्पतालले मंगलबार प्रदर्शनका घाइते तथा आकस्मिक बिरामीको मात्रै उपचार गर्ने तयारी गरेको छ ।
ट्रमा सेन्टरका स्वास्थ्यकर्मी रातभरि समेत उपचारमा खटिएका थिए। सोमबार राति मात्र ११ जनाको शल्यक्रिया गरिएको डा. रिजालले जानकारी दिएका छन् ।
अस्पताल प्रशासनले सर्वसाधारणलाई घाइतेलाई तत्काल स्वास्थ्य सेवामा पहुँच दिन तथा शान्तिपूर्ण वातावरण कायम राख्न आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्