काठमाडौँ महानगरद्वारा अस्पतालमा आकस्मिक व्यवस्थापन: उपचार, खाना र सहयोगका लागि यी नम्बर गर्न सकिन्छ सम्पर्क


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा आकस्मिक अवस्था व्यवस्थापनका लागि उपचारदेखि खाना र अन्य आवश्यक सहयोगसमेतको व्यवस्था मिलाएको छ ।

यसका लागि सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल (टिचिङ) र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू खटाइएका छन् । त्यस्तै, अन्य स्थानहरूमा सहज समन्वयका लागि सेन्ट्रल टोली पनि परिचालन गरिएको छ ।

महानगरले आकस्मिक व्यवस्थापनमा स्वास्थ्यकर्मी, रगत वा अन्य लजिस्टिक सहयोग गर्न इच्छुकलाई अनलाइन फाराम भर्न आग्रह गर्दै लिंक उपलब्ध गराएको छ । फाराम यस लिङ्कमा भेट्न सकिन्छ: https://shorturl.at/8CgM1

यसबाहेक, कुनै पनि आपतकालीन आवश्यकता वा सहयोगका लागि प्रत्यक्ष सम्पर्क गर्न सकिने गरी विभिन्न अस्पताल र इकाईका सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ ।

महानगरले सार्वजनिक गरेको नम्बरअनुसार मेट्रो कन्ट्रोलसँग ९८५१३५६५०९, ०१-५९०१७६३ र ०१-५९०१७६४ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै, सिभिल अस्पतालका लागि ९८५७८२३४८२ र ९८४१२९७८६१, वीर अस्पताल तथा ट्रमा सेन्टरका लागि ९८५१३१३२७३ र ९८४१३९६७६०, त्रिवि शिक्षण अस्पतालका लागि ९८४३०७२०१९ र ९८४१३७४४८०, केएमसी सिनामंगलका लागि ९८४१८१५४४२, अन्य निजी अस्पतालका लागि ९८०१३‍०६८९३, रगतका लागि ९८४५५००४९९ र ९८५१०३३९६७ मा सम्पर्क गर्न सकिन्छ ।

त्यस्तै, संस्थागत सहकार्य तथा गुनासो सुन्ने जिम्मेवारीका लागि ९८५७०५९६३१ (SMS/WhatsApp/Viber) र सहयोगदातासँग लजिस्टिक वा अन्य सहजीकरणका लागि ९८४८०१८२१५ (SMS/WhatsApp/Viber) नम्बर तोकिएको छ ।

महानगरले आकस्मिक अवस्थालाई सहज र छिटो व्यवस्थापन गर्ने उद्देश्यले सबै अस्पताल, समन्वय टोली, रक्तदान, सहयोगदाता र नागरिकबिच सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ ।