सञ्चारमन्त्री गुरुङको घरमा आगजनी


काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा सोमबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुवाती रूपमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए भने त्यसपछि आक्रोशित भिडले घरमा आगजनी गरेका सुरक्षा स्रोतले जानकारी दिएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरी र सुरक्षा निकायहरूले घटनास्थलको नियन्त्रण लिने प्रयास गरिरहेका छन्। अहिलेसम्म मानवीय क्षति वा पक्राउको विवरण सार्वजनिक भएको छैन । मन्त्री गुरुङ सुरक्षित रहेको सुरक्षा अधिकृतले बताएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।