वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण र संवेदनशील माध्यमबाट समाधान खोज्न अपिल गरेका छन्।

प्रधानमन्त्री ओलीले भने “कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा हुँदैन। हामीले शान्तिपूर्ण तथा संवेदनशील माध्यमबाट समस्या समाधान गर्ने परिपाटी अपनाउनु जरुरी छ।” उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र उचित निष्कर्षमा पुग्न सबै पक्षसँग संवादमा रहेको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले यसै क्रममा आज साँझ ६ बजे सर्वदलीय बैठक बस्ने उल्लेख गर्दै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यस विषम परिस्थितिमा संयम अपनाउन विनम्र अनुरोध गरे ।