काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। संविधानको धारा ७६(२) बमोजिम २०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले असामान्य राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पद त्याग गरेको घोषणा गरेका हुन्।
राष्ट्रपतिलाई सम्बोधन गरिएको राजीनामा पत्रमा ओलीले संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका लागि थप पहल आवश्यक रहेको बताएका छन्।
त्यसैअनुरूप उनले संविधानको धारा ७७(१)(क) अनुसार राजीनामा पेश गर्दै आजकै मितिदेखि लागू हुनेगरी पद खाली गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीको राजीनामापछि मुलुक नयाँ राजनीतिक समीकरण र नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्