राप्रपाका संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिए


काठमाडौं । जेनजीको आन्दोलनलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।

मंगलबार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि आफ्ना सबै सांसदहरूलाई सामुहिक राजीनामा गराउने तयारी गरिरहेको छ ।