काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत् सन्देश दिएका छन्। उनले यो आन्दोलन नितान्त जेनजी पुस्ताको भएको स्पष्ट गर्दै उनीहरूको माग र आवाजलाई मान्यता दिनुपर्नेमा जोड दिएका छन्।
‘प्रिय जेनजी तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ, अब संयमित हुनुहोला’भन्दै आन्दोलनकारी युवालाई शान्त र संयमित रहन आग्रह गरेका छन्। उनले देशको जनधनमा भएको क्षति हाम्रै सम्पत्तिको क्षति भएको उल्लेख गर्दै अबको अवस्थामा धैर्य आवश्यक रहेको बताएका छन्।
उनले अब देशको नेतृत्व जेन जेड पुस्ताले नै गर्नुपर्ने समय आएको उल्लेख गर्दै ‘तयार रहनुहोला’ भनेर युवापुस्तालाई प्रेरित गरेका छन्। साथै उनले सेना प्रमुखसँग वार्ताका लागि पनि तयार रहनुपर्ने बताएका छन्। तर वार्ता अघि संसद् विघटन भइसकेको हुनुपर्ने शर्त पनि स्पष्ट रूपमा औंल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्