मानवअधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह


काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ ।

आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरिएको पाईएको उनले बताए । १९ जनाको मृत्युले पनि सरकारले अत्याधिक बल गरेको कुरालाई पुष्टी गर्ने उउनले बताए ।

उनले उक्त घटनाको छानविनको लागि अनुसन्धान टोली गठन गरेको छ । आयोगको सदस्य डा लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको हो ।

अनुसन्धान टोलीले प्रर्दशनका क्रममा भएका मानवअधिकार उल्लङ्घन र त्यसका संलग्नको पहिचान गरि दोषिलाई कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डा पोखरेलले जानकारी दिए। उनका अनुसार अनुसन्धान टोलिले मंगलबारदेखी नै काम थाल्नेछ । आयोगले यस घटनालाई निन्दा गरेको छ ।

उक्त घटना मानवअधिकारको अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालको संविधान र कानूनको पनि विपरित भएको आयोगले जनाएको छ । हत्याको घटनालाई आयोगले गम्भिरतापूर्वक लिएर दोषीलाई कानूनी दायरमा ल्याउने आयोगले जनाएको छ ।