मेयर बालेन्द्र शाहले भने:अब घर फर्कनुहोस्, देश तपाईंहरूकै हातमा छ


काठमाडौँ। काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले राजधानीमा भइरहेको आन्दोलनप्रति प्रतिक्रिया दिँदै फेसबुकमार्फत् जेन–जेड पुस्तालाई घर फर्कन आग्रह गरेका छन्।

उनले देशको भविष्य युवा पुस्ताकै हातमा रहेको भन्दै आन्दोलनका क्रममा हुने क्षति अन्ततः आफू र आफ्नै पुस्ताले भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन्, “देश तपाईंहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो। अब जति क्षति हुन्छ, तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुहोस्।”

उनको यो अपील आन्दोलनरत युवा पुस्ताप्रति सम्बोधन स्वरूप आएको हो। पछिल्ला दिनमा काठमाडौँमा भएको प्रदर्शन र त्यसक्रममा देखिएको तनावपछि शाहको भनाइलाई शान्तिपूर्ण समाधानको खोजीका रूपमा लिइएको छ।