प्रधानसेनापति अशोकराज सिग्देलद्वारा देशवासीका नाममा सम्बोधन गर्ने तयारी


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले केही समयमा सम्बोधन गर्न लागेका हुन् । जेनजी प्रदर्शन चर्किएर परिस्थिति काबु बाहिर गएपछि प्रधानसेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन् । नेपालीको राजनीतिक घटनापछि सैनिक नेतृत्वले सम्बोधन गर्ने तयारी गरेको हो ।

आजमात्रै सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरेर संयमित हुन र राजनीति संवादबाट शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका थिए ।

लगत्तै नेपाली सेनाले छुट्टै विज्ञप्ति निकालेर नेपालीको जनधनको सुरक्षाको प्रत्याभूति दिन नेपाली सेना प्रतिबद्ध रहेको जनाएको थियो । यसलगत्तै प्रधानसेनापति सिग्देलले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।