आन्दोलनबिच एनसेलको कार्यालयमा तोडफोड, दुई दिनका लागि निःशुल्क सेवा घोषणा


काठमाडौँ । हालैका घटनाक्रमकाबिच दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्ना उपभोक्तालाई सहज सम्पर्क सुविधा दिन निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा देशभर भइरहेका प्रदर्शन र आन्दोलनका क्रममा आफ्नो केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरुले प्रवेश गरी तोडफोड गरेको जनाएको छ।

एनसेलले दूरसञ्चार जस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमाथि क्षति पुग्दा उपभोक्ता सेवामा प्रत्यक्ष असर पर्ने भन्दै यस्तो संवेदनशील समयमा सम्पत्ति सुरक्षित राख्न सबैसँग सहयोगको आग्रह गरेको छ। कम्पनीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

कम्पनीका अनुसार उपभोक्ताको सम्पर्क निरन्तरता सुनिश्चित गर्न आजदेखि आगामी दुई दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइनेछ।