काठमाडौँ। हाल देशभरको विषम परिस्थितिमा केही समूहले नागरिक तथा सार्वजनिक सम्पत्तिमाथि लुटपाट, आगजनी र क्षतिको घटनामा संलग्न भइरहेको भन्दै नेपाली सेनाले यस्तो गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
सेनाले चेतावनी दिँदै यस्तो स्थिति नरोकिए नेपाली सेना सहितका सम्पूर्ण सुरक्षा निकायहरु राति १० बजेदेखि संयुक्त रुपमा परिचालित हुने स्पष्ट गरेको छ।
“नेपाल र नेपालीको सुरक्षाको लागि सेना आफ्नो जिम्मेवारीमा दृढ रहन्छ। परिस्थिति नियन्त्रण गर्न नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायहरु आज भाद्र २४ गते राति १० बजेदेखि परिचालनमा रहनेछन्,”नेपाली सेनाले मंगलबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, सेनाले सर्वसाधारणलाई सुरक्षा निकायलाई सहयोग गर्न हार्दिक अपिल गरेको छ। सुरक्षा अवस्थाको निरन्तर पुनर्मूल्याङ्कन गरी आवश्यक थप जानकारी पछि सार्वजनिक गरिने सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्