काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र हाल सम्भावित सुरक्षा जोखिम, दुर्घटना, आगलागी तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरू बढिरहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।
महानगर प्रहरीले नेपाली सेनासँगको समन्वयमा संयुक्त अपरेशन केन्द्रमार्फत तत्कालीन सेवाहरू उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।
यस्ता अवस्थामा आवश्यक सहयोग पाउन इच्छुक सर्वसाधारणले सुरक्षा, स्वास्थ्य वा दमकलसम्बन्धी सहयोगका लागि सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि काठमाडौँ महानगर प्रहरी तथा संयुक्त अपरेशन केन्द्र, नेपाली सेनाको मुख्यालयमार्फत निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ । (९८५१०६८५२३, ०१(५९७९२२३ र ०१-५९७९२२४)
प्रतिक्रिया दिनुहोस्