मृत्यु भएका जेनजीकाे सम्झनामा अमेरिकाकाे न्युमेक्सिकाे युनिभर्सिटीमा दीप प्रज्ज्वलन


न्युमेक्सिकाे, अमेरिका । 

जेनजी आन्दाेलनका क्रममा मारिएका युवाहरूकाे सम्झनामा युनिभर्सिटी अफ न्युमेक्सिकाे (युएनएम) मा दीप प्रज्ज्वलन गरिएकाे छ । युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम आयाेजना गरेका हुन् । 

विद्यार्थीहरूले आन्दाेलनका क्रममा ज्यान गुमाउने युवाहरू प्रति श्रद्धाञ्जली र परिवारप्रति गहिराे दुःख व्यक्त गरेका छन् । कार्यक्रमका आयाेजना विद्यार्थी गाेविन्द सराफले गरेका हुन् । 

नेपाली स्टुडेन्ट अफ युएनएमका पूर्व सभापति जनकराज अवस्थीले नेपालमा भएकाे जेनजी आन्दाेलन देशमा विद्यमान नातावाद, कृपावाद, भ्रष्टाचार तथा अनियमिताकाे विरूद्ध गरिएकाे एतिहासिक क्रान्तिका रूपमा नेपालीले गाैरव गरेकाे बताए । 

कार्यक्रममा सहभागी इन्टेलमा कार्यरत नेपाली दिलिप चाैहानले देशमा एतिहासिक परिवर्तन भएकाे बताउँदै अब युवापंक्तिले देशकाे मुहार फेर्ने विश्वास व्यक्त गरे ।