घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बिमा कम्पनीहरूलाई प्राधिकरणकाे आग्रह


काठमाडौँ। नेपाल बीमा प्राधिकरणले घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बिमा कम्पनीहरूलाई आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्म घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो । हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालभर रहेका बीमा कम्पनीहरु तथा तिनका शाखा र उपशाखा कार्यालयबाट सम्पादन हुँदै आइरहेका कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले आग्रह गरेको छ ।

आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नका लागि सुरक्षा निकायहरुको आदेश पूर्ण रुपमा पालना गर्न तथा कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्नसमेत प्राधिकरणले विशेष अनुरोध गरेको छ।