वार्ताका लागि भर्चुअल बैठकमा जुटे जेनजी


काठमाडौं । आन्दोलनरत जेनजी समुहले वार्ताको लागि समुह बनाउन छलफलमा जुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ता गर्नको लागि जेनजी समूहका तीन हजारभन्दा बढीको सहभागितामा भर्चुअल बैठक चलिरहेकोे छ ।

राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेपछि जेनजीहरु छलफलमा जुटेका हुन् ।

जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए ।

भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक जेनजीले बताए ।

उनकाअनुसार बैठकले वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय टुङ्ग्याउने