काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
विषम परिस्थिति र विमानस्थल वरिपरि बाक्लो धुँवा फैलिएका कारण केही समयका लागि बन्द गरिएको विमानस्थल बुधबारदेखि पुनः खुला गरिएको हो।
बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।
यात्रुहरूलाई आफ्नो यात्रा सहज बनाउन सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएर मात्र विमानस्थल आउजाउ गर्न आग्रह गरिएको छ।
त्रिभुवन अन्तराष्ट्यि विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले बाहिर कुनै समस्या नभए आन्तरिक रुपमा विमानस्थल सञ्चालन हुन कुनै अफ्ठेरो नभएको बताए ।
उनले भने, “बाहिर कुनै अफ्ठेरो परिस्थति नभए आन्तरिक रुपमा बिमानस्थल सञ्चालनमा कुनै अवरोध छैन ।”

प्रतिक्रिया दिनुहोस्