दुर्गा प्रसाईं र रास्वपा समुहसँग वार्तामा बस्नुस् भनेपछि जंगी अड्डाबाट निस्किए जेनजी


काठमाडौँ । दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्न भनेपछि एकथरी जेनजी जंगी अड्डाबाट निस्किएका छन् । उनीहरू राष्ट्रपति र प्रधानसेनापतिसँग छलफल गर्ने भन्दै जंगी अड्डा गएका थिए ।

जेनजी समूहकी अभियान्त रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि, जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौँ ।”

डिस्कर्डमा अर्काथरी जेनजीहरू छलफलमा एजेन्डा के लिएर जाने भनेर छलफल गरिरहँदा उनीहरू छलफलमा गएका थिए । डिस्कर्डको छलफलको क्रममा रक्षा बम को हो ? भनेर सोधेका थिए ।