काठमाडौं । जेनजी पुस्ताले मंगलबार गरेको प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालतसहित १७ वटा अदालत क्षतिग्रस्त भएका छन् । जसमध्ये १० जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
हिजोको घटनाबाट सर्वोच्चमा के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ । सर्वोच्चका एक कर्मचारीकाअनुसार १० प्रतिशत फाइल बाहेक चालु अवस्थामा रहेका सबै फाइल जलेर खरानी भएका छन् ।
प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत,चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, पर्सा जिल्ला अदालत, मकवानपुर जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालत, बाँके जिल्ला अदालत रहेका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज, उच्च अदालत हेटौँडा लगायतमा समेत तोडफोड र आगजनी भएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्