काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर यात्रुहरूको भीड देखिएको छ। आज ५ बजेसम्म लागू रहेको निषेधाज्ञा सकिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल जान आएका यात्रुहरू मुख्य गेटमा जम्मा भएका हुन्।
तर, नेपाली सेनाले विमानस्थलका कर्मचारीबाहेक अन्य कसैलाई पनि प्रवेश अनुमति नदिएको कारण यात्रुहरू बाहिरै अलपत्र परेका छन्। एक सेनाका जवानले माथिबाट निर्देशन नआएकाले यात्रुलाई भित्र प्रवेश दिन नसकिएको बताएका छन्।
यसअघि, विमानस्थल वरिपरि बाक्लो धुँवा फैलिनुका साथै विषम परिस्थिति सिर्जना भएपछि केही समयका लागि उडान सञ्चालन रोकिएको थियो। तर बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले विमानस्थल पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्