काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति असोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे जंगीअड्डामा दिनभर भएको भेटवार्तापछि आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै देशलाई निकास दिन नेतृत्वको मोह नभएको स्पष्ट पारेका छन्।
“मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो,”उनले लेखेका छन् ।
प्रसाईंले जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू बालेन शाह वा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, जो कोही तयार भए पनि उनीहरूको नेतृत्व स्वीकार गर्न तयार रहेको बताए । तर कोही पनि अगाडि नबढ्दा भाग्ने स्वभाव नरहेको उनले प्रष्ट पारेका छन्।
“आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ। अब चाहिएको कुरा हो ।गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज,” प्रसाईंले भने।
उनले देशलाई सहज निकास दिन सबै पक्षको साथ र सुझाव अपरिहार्य रहेको उल्लेख गर्दै भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर राष्ट्रलाई बाँच्ने बाटो देखाउनु साझा जिम्मेवारी भएको बताए ।
प्रतिक्रिया दिनुहोस्