नेपाल टेलिकमद्वारा ३ दिनका लागि निशुल्क डाटा र भ्वाइस प्याकेज उपलब्ध


काठमाडौं। नेपाल टेलिकमले देशमा उत्पन्न भएको विषम परिस्थितिकाबिच आफ्ना ग्राहकलाई सहजतापूर्वक आफन्तजनसँग सम्पर्क राख्न तीन दिनका लागि डाटा र भ्वाइस प्याकेज निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार ग्राहकले डाटा प्याकेजका लागि *14158*3*# र भ्वाइस प्याकेजका लागि *1415*8*7# डायल गरी सेवा लिन सक्नेछन्।

नेपाल टेलिकमले असाधारण परिस्थितिमा सम्पर्क सुविधा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।