काठमाडाैं । रामेछाप स्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जान पाउनु पर्ने भन्दै कैदीहरूले आन्दाेलन गरेपछि झडप भएकाे छ ।
सुरूक्षा व्यवस्थाकाे जिम्मा पाएकाे नेपाली सेनाले कारगारमा भएकाे झडपलाई नियन्त्रणमा लिनको लागि गाेली चलाएकाे थियाे ।
नेपाली सेनाले चलाएको गोली लाग्दा २ जनाको मृत्यु भएको छ भने १२ जना कैदी घाइते भएकाे नेपाली सेनाले जानकारी दिएकाे छ ।
त्यस्तै, काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्