‘कता हो’ सामुदायिक सुरक्षा प्रणाली निःशुल्क


काठमाडाैँ । नेपाली समाजलाई थप सुरक्षित बनाउन ‘कताहो’ मोबाइल एपमार्फत सामुदायिक सुरक्षा सेवा सुरु गरिएकाे छ ।

अहिलेको यस असामान्य परिस्थितिमा, हामीले नेपाली समाजलाई थप सुरक्षित बनाउन ‘कताहो’ मोबाइल एपमार्फत सामुदायिक सुरक्षा सेवा सुरु गरेकाे रामलक्ष्मण इन्नाेभेसनले जनाएकाे छ ।

यसले परिवारकाे सुरक्षा सुविधा र सामुदायिक सुरक्षा सुविधा दिने जनाइएकाे छ ।

सेवाको विवरण

१. परिवार सुरक्षा सुविधा

यो सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाइ जानकारी गराउँछ । यो सेवा लिनका लागि ‘कताहो’ प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन् । यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा ‘कताहो’ एप रजिष्टर भएको हुनुपर्नेछ ।

२. सामुदायिक सुरक्षा सुविधा

नेपालभर कुनै पनि ठाउँमा बसोबास गर्ने २०–३० सदस्यहरू मिलेर प्रयोग गर्न सकिने यो प्रणाली आफन्त, टोल, समाज, कार्यालय वा साथीहरूको समूहमा सञ्चालन गर्न सकिन्छ ।

यो कार्यका लागि आधिकारिक फाराम भरेर टिम लिडर वा संयोजक नियुक्त गर्नुपर्ने छ ।

टिम लिडरले आफ्ना सदस्यहरूलाई दर्ता गरेपछि, कुनै सदस्यलाई समस्या परेमा साइरन बजाएर समूहका सबै सदस्यलाई तुरुन्तै सूचना पुर्याउन सकिन्छ ।

यस प्रणाली प्रयोग गरी मोबाइल वा टेलिफोनमार्फत सुरक्षा कोड थिच्दा साइरन बज्ने मात्र नभई सदस्यहरूको मोबाइलमा एकैपटक आकस्मिक सूचना पुग्ने सुविधा रहेको छ ।

विशेष घोषणा

·      एण्ड्रोइड र आइफोन दुवैमा जडान गर्न सकिने ‘कताहो’ सामुदायिक साइरन सेवा

·      वि.सं २०८२ साल असोज मसान्तसम्म, अधिकतम ३० सदस्यीय सामुदायिक समूहहरूका लागि निःशुल्क उपलब्ध

·      नेपालभर जुनसुकै स्थानमा समस्या परे पनि एपमार्फत ठेगानासहित जानकारी पठाउन सकिने सुविधा

यस कम्पनीले सम्पूर्ण समुदायहरूलाई ‘कताहो सामुदायिक साइरन सेवा’ प्रयोग गरी आफ्नो परिवार र समाजलाई सुरक्षित राख्न हार्दिक अपिल गरेकाे छ।