भाट–भटेनीको प्रतिबद्धताः ध्वस्त भए पनि फेरि उभिनेछौं


काठमाडौँ । भाट–भटेनी सुपरमार्केटले आफ्नो पसलमा पुगेको क्षतिपछि भावनात्मक सन्देश सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सुपरमार्केटले दुःखद क्षण गुज्रिए पनि भविष्यप्रति आशा नहराएको भन्दै ग्राहक र आम नेपालीप्रति आभार व्यक्त गरेको हो।

“आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं। हजारौं सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्। भाट-भटेनी फेरि उभिनेछ,” भाट भटेनीले भनेकाे छ ।

सुपरमार्केटले आफ्ना ग्राहक र शुभेच्छुकलाई धैर्य र साथका लागि धन्यवाद दिँदै निकट भविष्यमा अझ सबल रूपमै सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।