काठमाडौँ । उद्योगपति शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तन र नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
हालै केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नै परिवार पनि प्रभावित भएको स्मरण गर्दै उनले आफू र आफ्नो परिवार निराश वा विचलित नभएको स्पष्ट पारेका छन् ।
गोल्छाले सामाजिक सञ्जालमार्फत् लेख्दै अन्धकारपछिको उज्यालोले सम्पूर्ण नेपालीलाई सद्भाव र एकताको बल मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।
उनले आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस् र लोकतन्त्र अझ सुदृढ होस् भन्ने अपेक्षा व्यक्त गर्दै उद्योग र रोजगारी सिर्जनामा अझ सशक्त रूपमा प्रतिवद्ध रहेको विश्वास दिलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्