योगेश भट्टराईले भनेः आज सुवास दाईको अभाव सारै खट्कियो


काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले दिवंगत सुवास नेम्वाङको सम्झना गरेका छन्। जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिलाई स्मरण गर्दै उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नेम्वाङको अभाव आज झनै खट्किएको उल्लेख गरेका छन्।

“सुवास दाई, आजको अवस्थामा तपाईको अभाव सारै नै खटकियो। हामी राम्रो गर्ने कोशिस गर्नेछौं। धेरै श्रद्धा सुमन सुवास दाई,”भट्टराईले लेखेका छन् ।

संविधानसभाका पहिलो अध्यक्ष समेत रहेका सुवास नेम्वाङको ७१ वर्षको उमेरमा २०८० भदौ २६ गते निधन भएको थियो। उनको निधनपछि एमालेसहित समग्र नेपाली राजनीति नै ठुलो अभावमा परेको टिप्पणी हुँदै आएको छ।