नाडा अध्यक्ष चौधरीले भने:नेपाललाई उज्यालो र गौरवशाली बनाउन जीवन समर्पित गर्नेछु


काठमाडौँ । हालैको राजनीतिक तथा सामाजिक आन्दोलनको क्रममा देखिएको जनएकतालाई सकारात्मक भावनासहित स्वीकार गर्दै नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले एक भावनात्मक प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्र निर्माणप्रति आफ्नो प्रतिज्ञा व्यक्त गर्दै नेपाली युवापुस्तालाई अनुशासन, सचेतना र मातृभूमिप्रतिको सेवाभावमा समर्पित हुन आह्वान गरेका छन् ।

“गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ,”चौधरीले लेखेका छन्।

उनले अतीतका पीडादायी क्षणलाई पछाडि छोडेर वर्तमानलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रप्रति आफ्नो अटुट समर्पण प्रकट गर्दै उनले हृदयको हरेक धड्कन र रगतको हरेक थोपा देशको सेवामा अर्पण गर्ने शपथ लिएको उल्लेख गरेका छन् ।