फरार कैदीबन्दीहरुलाई अबिलम्ब सम्पर्कमा आउन नक्खु कारागारको अपिल


काठमाडौँ । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेलबाट फरार भएका कैदिहरुलाई अबिलम्ब सम्पर्कमा आउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै कारागार प्रशासनले

नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु (थुनुवा र कैदी)लाई सम्पर्कमा आउन अपिल गरेको छ । यदि कारागार फिर्ता नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।

जेनजी आन्दोलनका क्रममा मंगलबार नख्खु कारागारबाट सबै कैदिहरु बाहिर निस्किएका थिए । नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछानेसहित जना कैदी भागेका थिए । तर, लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए ।

‘अतस् विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरुलाई यसै सूचना मार्फत औपचारिक रुपमा अपिल गरिन्छ,’ सूचनामा लेखिएको छ ।