विरोध प्रदर्शन तथा आन्दोलनका तस्विर र भिडियो पठाउन प्रहरीको अनुराेध


काठमाडौँ । नेपाल प्रहरीले भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका तस्विर र भिडियो पठाउन अनुरोध गरेको छ ।

प्रहरीले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाएर सहयोग गर्न अनुरोध गरेको हो ।

यसमा पठाउनेको गोपनियता कायम रहने प्रहरीले जनाएको छ ।